वर्षातलाई निम्ता गर्दै प्रिमनसुन सक्रिय

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ । केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ। दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ।

तर नेपालमा मनसुन सुरु भएको भने हैन। वर्षातलाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ। नेपालमा मनसुन भित्रने दिन १० जुन हो। त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय बन्नु वर्षातको सङ्केत भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए।

“बङ्गालको खाडीबाट दक्षिणपूर्वी वायु नेपालमा बग्न थालेको छ,” उनले भने, “यसले गर्दा केही दिन नबिराई पानी पर्नेछ ।” त्यो गह्रौँ आद्रतासहितको वायु वायुमण्डलको उच्च तहमा भने पुगेको अवस्था हैन।  तल्लो सतहमा मात्र रहेकाले स्थानीय वायुको असरमा पानी परिरहेको उनी बताउँछन्। यसकै असरका कारण पूर्वी भेग, मध्यपहाडी भेग र तराईका भेगमा मेघगर्जनसहित रोकिँदै पानी पर्दै गर्ने अर्यालले जानकारी दिए ।

पश्चिममा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पानी पर्ने उनले उल्लेख गरे। उनले भने झै विगत केही दिनयता बिहान घाम लाग्ने अपराह्व हावा, हुरी र असिनासहित पानी पर्ने क्रम चलिरहेको छ।  यसरी प्रिमनसुन सक्रिय हुनुमा तापक्रमको वृद्धिले स्थानीय वायुको विकास हुनु कारक रहेको जल तथा मौसम विज्ञान विभाग स्थित मौसमविद् प्रतिभा मानन्धर बताउँछन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्