काठमाडौं, १७ जेठ । कोल्बी नागरपालिका–२ झुरझुरेबाट रौतहट मौलापुर नगरपालिका–९ बस्ने २७ वर्षीय शिवदयाल महतोलाई १ हजार दरको १० थान नक्कली नेपाली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट झुरझुरेबाट खटिएको प्रहरीले तामागढीबाट रौतहट बिजयपुरतर्फ जाँदै गरेको ना ९ प ५४५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोलाई उक्त नक्कली रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै बटेश्वर गाउँपालिका–१ त्रिपुरा बस्ने २८ वर्षीय मनोज महतोलाई मेड इन इन्डिया लेखिएको अटोमेटिक पेस्तोल १ थान सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा रामसोगारथ महतोको नाममा संचालनमा रहेको रितिका बालुवा डिपो सेन्टरमा १५ प्रतिशत लगानी गरी बडहरी खोलामा अबैध रुपमा माप दण्ड विपरित खोला उत्खनन् गरेको भनि स्थानीयले विरोध गर्दा हतियार देखाई तर्साउने गर्दै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले महतोलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
त्यस्तै जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित पूर्व पश्चिम राजमार्गको १४ किलो भन्ने स्थानमा यात्रुबाहक बस लुट्ने कार्यमा संलग्न सिन्धुली मरिण गाउँपालिका ५ घर भई हाल निजगढ बस्दै आएका २६ बर्षीय संघर्ष थिङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको ना ७ ख २७९० नम्बरको बसलाई अपरिचित ब्याक्तीहरुले रोकि बसको सहचालकको साथमा रहेको नगद ४५ हजार रुपैया र १ थान मोबाइल लुटि फरार भएको भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले थिङलाई ज १२ प ४६८० नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा निजगढ नगरपालिका तामागढी गेट नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा सुर्मा गाउँपालिका ४ सुर्मा बस्ने ३५ वर्षीय लोकेन्द्र पुजारालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पुजाराले मादक पदार्थ सेवन गरी वाद विवादका कारण हँसियाले सोही स्थान बस्ने २५ वर्षीया जुना पुजारालाई प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दौलिचौरबाट खटिएको प्रहरीले पुजारालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

