सुनसरी, १७ जेठ / कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताइन् ।
च्याउ उत्पादक सङ्ग केन्द्रिय समितिद्वारा ईटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताइन । कृषि क्षेत्रमा छुटयाएको बजेट भने आवश्यकता अनुसार पर्याप्त नभएको मन्त्री चौधरीले बताइन । बजेटले चक्लाबन्दी खेती प्रणालीमा ल्यजान मदत पुर्याउने यसको लागि तराईमा १०० बिघा भन्दा बढी चक्लाबन्दिमा खेती गर्ने किसानहरुलाई बिशेष सुबिधाको व्यवस्था समेत रहेको मन्त्री चौधरीले बताइन ।
चक्लाबन्दी खेतीले श्रमको सही सदुपयोग,औजारीकरण ,आधुनीकीकरण ,व्यवसायीकारणका साथै उत्पादनमा वृद्धि समेत हुने र यसले देश लाई आत्मनिर्भर बनाउने राज्य मन्त्री चौधरीले बताइन । बजेटमा खेती योग्य जमीनमा संचालमा रहेका जोन ,सुपरजोन, चक्लाबन्दी,सामुहीक खेती समूह ,सहकारी र प्रा.ली. बाट भैई रहेको स्थानहरुमा नहर सिचाइ ,उर्जा सिचाइ ,स्यालो टुयबेल र डिब बोर्डिङ पुर्याउने लक्ष्य समेत लिएको मन्त्री चौधरीले बताइन ।
करारखेती ऐन छिटय ल्याउने , यस्ले खेती योग्य जमीन बाझोपन बाट मुक्त गराइ उत्पादन बढाउने साथै उत्पादन बस्तुको बजार समेत ग्यारेन्टी हुने मन्त्री चौधरीले बताइन् । च्याउ खेतीले घरेलु महीला र बेरोजगार युवा युवतीहरुको लागी रोजगार सृजाना भएको र धेरै युवा युवतीहरु आफनै घर आगनमा यो खेती गर्दै आएको मन्त्री चौधरीले बताइन ।
यो अर्गानिक उत्पादन भएकोले बजारको माग असाध्य धेरै भएको तर उत्पादन पुर्याउन नसकेको मन्त्री चौधरीले बताइन । च्याउ खेतीले किसान उत्साहित भएको मन्त्री चौधरीले बताइन । कार्यक्रममा च्याउ उत्पादनक संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीको अध्यक्षतामा र १ नं.प्रेदेशका च्याउ किसानहरुको उपस्थितिमा सप्पन्न भएको थियो ।



लाेकपाटी न्यूज

