काठमाडौं । शिक्षक हुनु भनेको विद्यार्थीको मन मस्तिष्कलाई प्रज्ज्वलित पार्नु हो। अनुशासन, नैतिकता, सत्मार्ग सिकाउने शिक्षकहरू सधैँ सहनशील, धैर्य, समानतावादी, सरल, शिष्ट एवं नम्र हुनुपर्छ।
किनकी शिक्षकको व्यवहार हेरेर विद्यार्थीले शिक्षकको अनुशरण गर्छन्। शिक्षण विधि केवल तथ्य स्मरण गराउने खालको मात्रै नभई व्यवहारिक एवं प्रयोगात्मक हुनु पर्छ।
सामान्यतया आफूले जानेको बुझेको कुरा अरुलाई सिकाउने व्यक्ति शिक्षक हो। तर, आफनो ज्ञान, सीप, कलादेखि आफनो आदर्श एवं मूल्य मान्यता पनि प्रष्टसँग व्यावहारिक रूपमा सिकाउन सक्ने व्यक्ति मात्रै असल शिक्षक बन्न सक्छ। केवल पाठ्यपुस्तकमा भएको वाक्य एवं हरफहरू पढेर सुनाउने काम मात्रै शिक्षण कार्य होइन।
विषयवस्तुसँग सम्बन्धित विभिन्न उदाहरणसहित विषयवस्तुको गहिरो अध्ययन गरेर विद्यार्थीको रुचि, स्तर एवं क्षमता अनुसारको व्यावहारिक ज्ञान दिनु पनि शिक्षकको कर्तव्य हो। त्यसैले,असल शिक्षक बन्न यी कुरामा ध्यान दिनु पर्दछ।
१. हरेक दिन कक्षामा पढाउने कुरा तयारी गर्ने
२. हँसिलो अनुहार बनाएर सिकाउने
३. बालबालिकालई उत्साहित गराउने
४. बिस्तारै बुझ्ने गरेर सिकाउने
५. उनिहरुले बुझ्ने भाषा प्रयोग गर्ने
६. सरलबाट जटिल कुराहरु सिकाउने
७. बालबालिकाबीच भेदभाव नगर्ने
८. ब्यबहारिक जीवनका घटना पनि कक्षामा प्रस्तुत गर्ने
९. बालबालिकाको प्रशंसा गर्ने
१०. बालबालिकाको कुरा ध्यानपुर्बक सुन्ने
११. बालबालिकाको सिकाइतह र पृष्ठभूमीबारे बुझ्ने
१२. बिषयगत हाजिरी जवाफ प्रतियोगिता गराउने
१३. बालबालिकाको गोपनियता कायम राख्ने
१४. शारिरिक सजाँय नदिने
१५. बेलाबेलामा फीडब्याक दिने
१६. बालबालिकालाई गल्ती र ब्वहार सुधार्ने मौका दिने
१७. गल्ती सजिलै सुध्रिन सक्छ भन्ने बोध गराउने
१८. चर्को स्वरमा प्रतिकृया नजनाउने
१९. हरेक कुरामा सकारात्मक पाटोको खोजी गर्ने



लाेकपाटी न्यूज

