आलाेपालाे सरकार चलाउने सहमति भएकै हाे : प्रधानमन्त्री

KP Sharma Oli-1
लाेकपाटी न्यूज

काठमाडौं, १७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा पुरानै भएको बताएका छन्।

भारतको नयाँ दिल्लीमा रहेका उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति नयाँ नभएको बताएका हुन्। अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएकाले यो सहमतिबारे अनावश्यक चर्चा र परिचर्चा आवश्यक नरहेको बताएका छन्।

नेकपाका अध्यक्ष प्रचण्डले प्राइम टाइम्स टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा दुवै अध्यक्षले आलोपालो सरकार चलाउने सहमति भएको खुलासा गरेका थिए।

अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख रहेको छ।