नेपाल–भारत रेलसेवा सम्झौता गर्न वार्ता टोली गठन

rail marga
लाेकपाटी न्यूज

काठमाडौं, १७ जेठ। नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय नेपाली वार्ता टोली गठन गरिएको छ।

भारतको दिल्लीमा जेठ २३ र २४ गते हुने बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो।

नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले सो टोलीमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधित्व समेत रहने जानकारी दिए।

मन्त्रिपरिषद्को जेठ १०, १३ र १५ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्