भरतपुर महानगरको तेस्राे नगरसभा सुरु, यस्तो छ कार्यक्रमको तयारी

लाेकपाटी न्यूज

चितवन, १६ जेठ । भरतपुर महानगरपालिकाले बिहीबारदेखि तेस्रो नगरसभाको तयारी थालेको छ। नगर सभाको तयारी स्वरुप बिहीबारदेखि प्रमूख, उपप्रमूख र प्रमूख प्रशासकीय अधिकृतको नेतृत्वमा ३ समूह स्वरुप बिहीबार भरतपुर महानगरपालिकाका तीन वटा वडामा वडा भेला सम्पन्न भएका छन्।

भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले वडा नं ९ को योजना छनौट तथा वडा भेलाको उद्घाटन गरिन्। वडा नं ९ को वडा कार्यालयमा संचालित भेलामा प्रमूख दाहालले लोकतान्त्रिक विधिको अधिकतम उपभोग गरी आफ्ना वडाका विकास निर्माण, सेवा प्रवाह र सुशासनका सवालमा भए गरेका कामहरुको बारेमा रचनात्मक समिक्षा गर्न आग्रह गरिन्। प्रमूख दाहालले सहभागी तथा वडा समितिलाई वडाका प्रमूख आवश्यकताहरु पहिचान गरी महानगरपालिकामा सिफारिस गर्न आग्रह समेत गरिन्।

कार्यक्रमको प्रमूख अतिथी समेत रहनुभएकी प्रमूख दाहालले भरतपुर महनगरपालिकाभित्र भए गरेका विकास निर्माणका कामहरु के कस्ता भइरहेका छन् , कसरी अगाडि बढिरहेका छन्, त्यसलाई सक्रियतापूर्वक अनुगमन गर्न समेत आग्रह गरिन्। उनले महानगरबासीको प्रमूख माग भौतिक पूर्वाधार भएको र सोही बमोजिम नै भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखी काम अगाडी बढाइएको बताइन्। प्रमूख दाहालले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलाई अगाडि बढाई रहेको बताइन्।

वडा भेलाकै क्रममा बिहीवार भरतपुर महानगरपालिका उपप्रमूख पार्वती शाह ठकुरीले वडा नं २७ र २८ का वडा भेलालाई सम्बोधन गरिन्। उप प्रमूख शाहले आफ्ना वडाका आवश्यकताहरुलाई गहन रुपमा छलफल गरी महानगरपलिकामा सिफारिस गर्न आग्रह गरिन्।

बिहीबार नै भरतपुर महानगरपालिका प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले वडा नं ३ र वडा नं १८ का वडा भेलालाई सम्बोधन गरे। सो अवसरमा सुवेदीले आफ्ना वडाका समस्या वडाबासीलाई नै बढी थाहा हुने बताउँदै योजनाहरुको आवश्यकताका आधारमा वर्गिकरण गरी सिफारिस गर्न सुझाए।
त्यस्तै १८ गते शुक्रबार वडा नं २ र ११ का वडा भेलाहरु हुनेछन् । उक्त भेलालाई उपप्रमूख पार्वती शाह ठकुरीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने शुक्रबार नै वडा नं ४ र ५ का वडा भेलाहरु पनि हुने छन्। उक्त वडा भेलालाई प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तेस्रो नगर सभामा जुटेको भरतपुर महानगरपालिकाको १८ गते वडा नं २० र २६ को वडा भेलालाई महानगरपालिका प्रमूख रेनु दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त वडा भेलाहरुमा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पिडीत भण्डारी, पूर्वाधार विकास समितिका संयोजक दामोदर न्यौपाने लगायतको सहभागीता हुने महानगरपालिकाले जनाएको छ।

त्यस्तै जेठ १९ गते वडा नं १५ र १६ , ८ र २१, १ र २२ वडाका भेलाहरु हुनेछन । उक्त वडाहरुमा क्रमशः प्रमूख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्बोधन गर्नेछन्। त्यस्तै जेठ २० गते वडा नं ७ र १०, वडा नं १४ र २३ वडा नं १७ र ९ का वडा भेलाहरु हुनेछन्। उक्त भेलालाई क्रमशः प्रमूख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

वडा भेलाको अन्तिम दिन वडा नं २५ र २९ , वडा नं ६ र २४ , वडा नं १२ र १३ को क्रमशः प्रमूख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीले सम्बोधन गर्नेछन्।

वडा भेलाबाट आएका सुझाब र योजनाका साथै विभिन्न क्षेत्रका विज्ञ र विशेषज्ञ र महानगरपालिकाका विभिन्न उपसमितिहरुका बीच व्यापक छलफल गरी असार ज्ञण् गते महानगरले तेस्रो नगरसभा गर्ने तयारीका साथ काम कारवाही अगाडी बढाई रहेको प्रमूख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुबेदीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्