काठमाडौं, १६ जेठ । नेपाल सरकारले केही वर्ष भित्रै अधिकांश नेपालीलाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्याउने गरी खानेपानी तथा सरसफाइका कार्यक्रम अघि बढाएको छ।
आगामी आर्थिक वर्ष ०७६\७७ का लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नयाँ खानेपानी आयोजना शुरु गर्ने, अधुरा आयोजना सम्पन्न गर्ने तथा निर्माणाधीन सहलगानीमा आधारित आयोजनाहरु, खानेपानी गुणस्तर सुधारका आयोजनाहरु र साना सहरी खानेपानी आयोजनाहरु सम्पन्न गर्ने कार्यबाट आगामी वर्ष ९२ प्रतिशत जनसंख्यालाई आधारभूत खानेपानी सेवाको पहुँच पुर्याउने व्यवस्था मिलाएको बताए।
टद्द निर्माणाधीन प्रथम चरणको मेलम्ची खानेपानी आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्दै दोस्रो चरणका लागि प्रवेश मार्ग र विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिने बताइएको छ। मेलम्ची खानेपानी आयोजनाको लागि रु ७ अर्ब ३९ करोड विनियोजन गरेको छ।
टघ तराई मधेशका २० जिल्लाका खानेपानीमा विद्यमान आर्सेनिक प्रदुषणको समस्यालाई दीगो रुपमा समाधान गर्न बजेट विनियोजन गरिएको छ। तराई मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन खानेपानी आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन बजेट विनियोजन गरेको गरिएको हो। सुख्खाग्रस्त क्षेत्रहरुमा खानेपानी आयोजना सञ्चालन गरिन बताइएको छ।
टद्ध विगतमा निर्माण सम्पन्न भएका र हाल संचालनमा रही आंशिक वा पूर्ण रुपमा समस्याग्रस्त आयोजनाहरु प्रदेश र स्थानीय तहसंगको सहलगानीमा पुनर्निर्माण र पुनस्र्थापना गरी सेवा सुचारु गर्न र भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरु सम्पन्न गर्न बजेट व्यवस्था गरिएको हो।
खानेपानी वितरण प्रणाली तथा ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन खानेपानी संस्थान, काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडको संस्थागत पुनर्संरचना गरिनेछ।
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै आधारभूत स्तरको सरसफाइ सुविधा सुनिश्चित हुनेगरी स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा संचालनमा ल्याइने छ। खानेपानी तथा सरसफाई क्षेत्रका लागि रु ४३ अर्ब ४६ करोड विनियोजन गरेको छ।



लाेकपाटी न्यूज
