मदनकृष्णले लोकतन्त्र खतरामा परे हामी सडकमा उत्रन्छौं भनेपछि गर्जिए संचारमन्त्री (भिडियाेसहित)

Gokul-Baskota
लाेकपाटी न्यूज

काठमाडौं, १६ जेठ। चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र कुनै पनि हालतमा मर्न नहुने बताएका छन्। लोकतन्त्र भएन भने हामी मानिस भएर बाँच्न नपाउने र पशुसमान बाच्नुपर्ने अवस्था आउने बताएका छन्।

काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै कलाकार श्रेष्ठले सबै मिली लोकतन्त्र जोगाउनतिर लाग्नुपर्ने धारणा राखे। पत्रकारीतालाई दबाउने खालको कानून पनि बन्न नहुने बताए। उनले भने, ‘हामीले हाम्रो भावी सन्तानलाई सम्झेर र नयाँ पुस्तालाई सम्झेर लोकतन्त्रको रक्षा हुने खालको कानून बनाउनुपर्छ।’लोकतन्त्रलाई मास्न नहुने बताउँदै उनले लोकतन्त्र मासिए हामी पनि सडकमा आउ‍ने अवस्था आउँछ भने।

यस्तै कलाकार श्रेष्ठको यस्तो वक्तव्यले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा भने गर्जिएका छन्। जनताले सम्मान गरेको व्यक्तिले लोकतन्त्र खतरामा पर्छ भनेर जब सशंकित हुने वातावरण बन्छ त्यो राम्रो कुरा नभएको उनले बताए।

मिडिया पूर्वाग्रही भएको समेत उनको आरोप छ। उनले भने, ‘कमजोर संविधान जारी भएको छैन। रगतको मूल्यसित, जिवनको मूल्यसित सााटिएको स्वाधिनता र स्वतन्त्रताको यो दस्तावेज संविधान हो, जसले हाम्रा स्वतन्त्रताहरु निश्चित गरेको छ।’ बाहिरी तत्वको प्रभावबाट मिडियामा सोचाइको दरिद्रता आएको समेत उनको आरोप छ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्