काठमाडौं, १६ जेठ। देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदलि, मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसुम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भू-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी रातिको समयमा देशका पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली, मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।
देशका पूर्वी भू-भाग तथा मध्य पहाडी भेगका थोरै र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ।


लाेकपाटी न्यूज
