क्रिकेट रंगशालाको बार भत्काउने नेता कंडेल पक्राउ

prakash-kandel
लाेकपाटी न्यूज

चितवन, १६ जेठ । भरतपुर १५ मा निर्माणधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कंडेल पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कंडेललाई बुधबार राति रामपुरबाट पक्राउ गरेको जनाएको छ। नेकपाका नेता समेत रहेका कंडेल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन्। यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो।

स्थानीयवासीले दोषीमाथि कारबाहीको माग गरेका छन्। पक्राउ परेकामाथि थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफनो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने माग उनिहरुको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्