निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम स्थगित

gautam-buddha-cricket-stadium
लाेकपाटी न्यूज

चितवन, १६ जेठ। चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य रोकियो छ। धुर्मुस-सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्यक्रम रोकिएको गरेको हो।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले एक विज्ञप्ती जारी गर्दै काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको जनाएका छन्। विज्ञप्तीमा भनिएको छ–‘कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भिर परिस्थितिको सृजना भएको हुँदा सो सम्बन्धमा स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको छ।’ फाउण्डेशनले यसबाट पर्न गएको प्रतिकूलताप्रति सम्बन्धि सबैसँग क्षमा मागेको छ।

रंगशाला निर्माणको काम सुरु गरेदेखि नै कार्य वातावरणमा असहजता सिर्जना गर्ने, विभिन्न अनुचित माग राख्ने र फाउण्डेशनका कर्मचारी तथा सहयोगीहरुलाई धम्क्याउने, त्रासहरु भईरहँदा पनि चितवनबासीको सम्मानमा चोट नपुगोस् भनेर यस्ता गतिविधिलाई सामान्य रुपमा लिँदै काम अघि बढाएको फाउण्डेशनले जनाएको छ।

तर, सुरक्षा नै नभएपछि बाध्य भएर काम रोक्नु परेको फाउण्डेशनको भनाई छ।बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कँडेल नेतृत्वको केही समूहले रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार डोजर लगाएर भत्काएको थियो।                                             hitwan

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्