मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन कमजोर रहला। घर परिवारमा झै–झमेलाको अवस्था आउला। कार्यमा अवरोध आउला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेकोे र ताकेको कार्य पुरा होला। आकस्मिक धनलाभ हुनेछ। महिला वर्ग बाट सहयोग मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाईनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन सम्हाल्न आवश्यक हुनेछ। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोमाञ्चक यात्रा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ। अधुरो काम बन्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। फितलो यात्रा हुनेछ। व्यापार व्यवसायमा वाधा आउनेछ। मन खिन्न हुने स्थिति आउनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ। वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्यबाट मान सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथीको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। विपरित वर्गप्रति आकर्षण बढ्नेछ।



लाेकपाटी न्यूज
