आगामी वर्षभित्र मेलम्ची आयोजना पूरा गर्ने अर्थमन्त्रीको दावी, कति रकम छुट्याइयाे ?

yubraj khatiwada01
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। अर्थमन्त्री डा. युवराज खतिवडाले अबको एक वर्षभित्र मेलम्ची खानेपानी आयोजना पूरा गर्ने दावी गरेका छन्। उनले आगामी आर्थिक वर्षमा ९२ प्रतिशत नागरिकमा खानेपानीको पहुँच र्पुयाउने दाबी गरेका हुन्।

आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले मेलम्ची खानेपानीका लागि रु. ७ अर्ब ३९ करोड रकम विनियोजन गरेको जानकारी दिदैँ आगामी वर्षभित्र आयोजना पूरा गर्ने उल्लेख गरे।

नयाँ आर्थिक वर्ष २०७६÷०७७ को बजेट भाषण सुरु भइसकेको छ। जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने सरकारको प्रावधान अनुसार नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण सुरु गरेका हुन्। बजेट भाषण संघीय ससदमा प्रस्तुत भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्