काठमाडौं, १५ जेठ। सरकारले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ। बुधबार संघीय संसदमा प्रस्तुत भइरहेको बजेटमा सो कुरा बताइएको हो।
देशभर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात खर्च प्रदान गर्न सरकारले उक्त रकम विनियोजन गरेको छ। जसअनुसार अब महिला स्वास्थ्य स्वयंसेविकाले वार्षिक ३ हजार रुपैयाँ यातायात खर्च पाउनेछन्।
नयाँ आर्थिक वर्ष २०७६÷०७७ को बजेट भाषण सुरु भइसकेको छ। जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने सरकारको प्रावधान अनुसार नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण सुरु गरेका हुन्। बजेट भाषण संघीय ससदमा प्रस्तुत भइरहेको छ ।



लाेकपाटी न्यूज

