काठमाडौं, १५ जेठ। विषयगत मन्त्रालयहरुको उच्च दबाव थेग्न नसकेपछि रातारात बजेट सिलिङमा परिवर्तन भएको छ। मन्त्रालयहरुको उच्च दबाव आएपछि राष्ट्रिय योजना आयोगले बजेट सिलिङ बढाएको हो।
सिलिङ बढेसँगै अब नयाँ सिलिङ १५ खर्ब ७७ अर्ब ७० करोड पुगेको छ। बजेट कुल खर्चमा आधारीत हुने भएकाले नयाँ सिलिङकै हाराहारीमा बजेट आउने अनुमान समेत गरिएको छ। आयोगका अनुसार मन्त्रालयहरुको अग्रहमा मंगलबार बसेको बैठकले सिलिङ पुनः परिवर्तन गरेको हो। स्रोत भन्छ ‘बजेट आउन २४ घण्टा पनि बाँकी थिएन, नेता तथा मन्त्रीहरुको अधिक प्रेसर थेग्न नसकेर सिलिङ परिवर्तन गरियो।’
यस अघि आगामी आर्थिक बर्षका लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको सिलिङ तोकिएको थियो। मंगलवार योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त सिलिङलाई परिवर्तन गरेका थियो।
आयोगका अनुसार विषयगत मन्त्रालयहरुले दुई खर्ब भन्दा बढी बजेटको माग गरेका थिए। सोही मागलाई केहि हदसम्म सम्बोधन गर्न सलिङ परिवर्तन गरिएको स्रोत छ। नयाँ सिलिङमा आधारित खर्च अनुसार अर्थ मन्त्रालयले रातो किताब ‘खर्च विवरण’ छपाईका लागि पठाइसकेको छ।



लाेकपाटी न्यूज

