कैदीहरुका लागि जेलभित्रै ‘फेसन सो’

Jailer
लाेकपाटी न्यूज

एजेन्सी। कैदीहरुका लागि जेलभित्र फेसन सो को आयोजना गरिएको छ। गत हप्ता ब्राजिलका कैदीहरुले जेलभित्र फेसन सो गरेका हुन्।

साओ पाउलो फेसन शोका मोडेलहरू नामी डिजाइनरहरूका वस्त्र लगाएर आकर्षक स्थानहरूमा क्याटवाक गर्न अभ्यस्त छन्। तर, गत हप्ता उनीहरूले नामै नसुनिएका डिजाइनरहरूको सिर्जना एड्रियानो मारे उच्च सुरक्षा कारागारमा प्रदर्शन गरे। छानाको स्थानमा काँडे बारले छोपिएको कारागारको आँगनमा उनीहरूले कैदीले बनाएका वस्त्रहरू लगाए।

फेसन शोमा भाग लिन पाएका कैदी डिजाइनरहरूले कारागारका भित्ताहरूमा टाँसिएर बसेर एक अर्काको सिर्जनाको प्रशंसा गरे। कतिपय आफ्नो सिर्जना पुरा गर्न काम गर्दै थिए। खैरो प्यान्ट र सेतो टिसर्ट लगाएका कैदीहरूका लागि रङ्गीन कपडाहरूमा सिर्जना गर्नु गर्विलो कार्य थियो।

ब्राजिली फेसन डिजाइनर गुस्ताभो सिल्भेस्ट्रले परिकल्पना गरेको यो कार्यक्रम तीन वर्षदेखि चलिरहेको छ। यो कार्यक्रममा भाग लिने कैदीहरूका लागि तालिममा बिताएको हरेक १२ घण्टाको लागि एक दिन सजाय कम हुन्छ। धेरै जसो कैदीहरू लागू औषध औसारपसार वा डकैतीका लागि सजाय पाएकाहरू हुन्।

ती मध्येका एक फिलिप सान्तोस डा. सिल्भाले यसले उनीहरूलाई शान्त रहन मद्दत गरेको र धुम्रपान नगर्न सहयोगी भएको बताएका छन्। अर्का कैदी ४१ वर्षिय फेडेलिसन बोर्गेसले भनेस् मेरो सिर्जनालाई मोडेलहरूले लगाउँदा र अरूले मेरो सिर्जना मन पराउँदा मैले गर्व महसुस गरेँ।