काठमाडौं, १५ जेठ । बुधबार देशभरको मौसम प्रणालीमा उताडचढाव हुनेछ। जल तथा मौसम पूर्वामान महाशाखाका अनुसार देशका पूर्वी र मध्य भु-भाग लगायत पश्चिमपहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पूर्वी र मध्य भु-भागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी रातीको समयमा पूर्वी भु-भाग लगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



लाेकपाटी न्यूज

