चितवन, १४ जेठ। चितवनको भरतपूर महानगरपालिका प्रमुख रेनु दाहालले सरसफाइ गरेकी छिन्। गणतन्त्र दिवसका अवसरमा मंगलबार महानगर प्रमुख रेनु दाहालसहित वडाध्यक्ष एवं जनप्रतिनीधिले भरतपुरको सरकारी कार्यालय क्षेत्रमा सरसफाइ गरेका हुन्।
सरसफाइ पछि उनीहरुले फोहर नगर्न सर्वसाधारणलाई सचेत गराए। सरसफाइमा मंगलबार भरतपुरको सरकारी कार्यालय क्षेत्रमा सरसफाइ गर्न नेपाल सेना र नेपाल प्रहरीका जवानसमेत खटिएका थिए।



लाेकपाटी न्यूज

