मृत यात्रुको पेटमा भेटियो २ सय ४६ कोकिनका थैली

mexico-plane pic
लाेकपाटी न्यूज

काठमाडौं, १४ जेठ। मेक्सिको सिटीबाट उडेको एक जहाजमा सवार एक जापानी व्यक्तिको मृत्यु भएको छ।मेक्सिको अधिकारीका अनुसार ती व्यक्तिले २४६ थैली कोकिन निलेपछि उनको मृत्यु भएको थियो।

विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको थियो। कोकिनको असरले व्यक्ति जहाज उडेको केही पछिनै बेस्कन काम्न थालेका थिए। त्यस पछि विमान मेक्सिकाको सोनोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो।

अधिकारीका अनुसार यूडो एन नामले परिचित ती व्यक्तिमा ड्रग्सको अत्यधिक डोजको कारण हुने सेरेर्बल इडेमा भएको थियो। त्यसैले उनको मृत्यु भयो। व्यक्ति कोलम्बियाको राजधानी बोगोटोको यात्रा गरेर फर्किएका थिए।

सोनोराको सरकारी अधिवक्ताले जारी गरेको विज्ञप्ती अनुसार थैली २.५ सेन्टीमिटर लम्बाई र १ सेन्टिमिटर चौडाईका थिए। पोष्टमार्टमका क्रममा उनको पेट र आन्द्रामा ती थैली भेटिएका थियो। युडोलाई जहाजबाट निकालेपछि १९८ यात्रु सवार जहाज आफ्नो गन्तव्य तर्फ उडेको थियो। घटनाको अनुसन्धानको जिम्मवारी मेक्सिकोको संघीय अधिकारीहरुले लिएका छन्।एजेन्सी