काठमाडौं, १४ जेठ। नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा ग्राहकका लागि नयाँ अफर सावैजनिक गरेको छ। कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागु हुने गरी ‘रिपब्लिक डे’ अफर सार्वजनिक गरेको हो।
उक्त अफर अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने कम्पनीले जनाएको छ। योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरेपश्चिात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय एसएमएस पठाउन सकिनेछ।
सो प्याक ७ दिनको अवधीसम्म प्रयोग गर्न सकिनेछ। ग्राहकले ८१४१५३ डायल गरी प्राप्त निर्देशन अनुसार अफर लिन सक्नेछन्। साथै कम्पनीको एप ‘नेपाल टेलिकम’बाट र वेबसाइटमार्फत पनि अफरमा सहभागी हुन सकिने बताइएको छ।



लाेकपाटी न्यूज

