विप्लवलाई वार्तामा ल्याउँछौं : गृहमन्त्री थापा

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

काठमाडौं, १३ जेठ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई वार्तामार्फ मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व रहेको बताएका छन्।

सोमबार राजधानीमा घटेको बम विस्फोटबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले वार्तामार्फत विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन्।विप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिहरुलाई नियन्त्रण गर्न सरकार लागिपरेको गृहमन्त्री थापाले बताए।

यस्तै उनले राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै संलग्नता र विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्