बुहारी ग्रुपको वार्षिकोत्सव

Buhari-Group-
लाेकपाटी न्यूज

काठमाडौं । सामाजिक सञ्जालबाट जोडिएको ‘बुहारी ग्रुप’ले दोस्रो वार्षिकोत्सवको अवसरमा उदाहरणीय काम गरेको छ ।

पोखराको रामघाटमा रहेको परोपकार इ.सि.डि. सेन्टरका २४ जना विपन्न बालबालिकालाई सहयोग गरिएको ग्रुपका पोखरा कार्यक्रम को–अर्डिनेटर बिमला कोइरालाले बताइन् ।

शनिबार एक कार्यक्रम गरी २० हजार रुपैयाँ बराबरको झोला, पुस्तक, खानेपानीको जार, वाटर डिस्पेन्सर कलर, राइस बोल्स, बल, चम्चा, वाल चार्ट लगायतका सामग्री सहयोग गरिएको कोइरालाले जानकारी दिइन्

परोपकार इ.सि.डि. सेन्टर ५ वर्षभित्रका विपन्न वर्गका बालबालिकालाई लक्षित गरी खोलिएको संस्था हो । पोखरासहित राजधानी काठमाडौं लगायत देशभर ग्रुपले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । ग्रुपका एडमिन प्रभा आचार्य, मनिषा थापा, बिमला पाण्डे र तुलसा गौतम छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्