पोखरामा शक्तिशाली बम बिस्फोट

Bom Blast
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल बन्दको दिन पोखरामा बम बिस्फोट भएको छ। विप्लव नेकपाको नेतृत्वले पोखराको सिर्जनाचोकमा रहेको एनसेलको कार्यालयमा बिस्फोट गराएको हो।

बिस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन। शक्तिशाली बम बिस्फोट भएका कारण एनसेलको कार्यालयमा क्षति पुगेको छ। बिस्फोटपछि पोखराको जनजीवन थप त्रसित बनेको छ।

घटनास्थल प्रहरीको नियन्त्रणमा रहेको छ। विप्लवका कार्यकर्ता सडकमा नदेखिए पनि पोखराको जनजीवन ठप्प रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्