यस्तो छ तपाईको आजको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। आकस्मिक धन लाभ हुनेछ। रमाइलो यात्रा रहला। सन्तान सुख मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ। समाजसेवामा मन लाग्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। विद्या र बुद्धिको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ। सन्तानपक्षको मायामा कमी आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। रोकिएको धन हात पर्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। वैदेशिक कार्य अघी बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका काम पुनः सुरु हुन सक्छन्। श्रमको उचित मुल्याङ्कन हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। गरेका काममा ढिलासुस्ती हुनेछ। दबाब र तनाव बढेको महसुस हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ रहला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा दुविधा उत्पन्न हुनेछ। चोटपटकको भय छ सचेत रहनुहोला। घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साथीभाइबाट बढी फाइदा लिने समय छ। जोश जाँगर र उमंग बढ्ला। नयाँ काम सुरु गर्ने समय छ। आर्थिक कारोवारमा सफलता पाइएला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेम सम्बन्ध कसिलो होला। रचनात्मक काममा जुट्ने समय छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्