मोरङ, १२ जेठ। सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन्। मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन्।
उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै गर्दा लुटिएको धरान इलाका प्रहरीले जनाएको छ।
गच्छदार लुटिएको स्थानमा केही गोलीका खोकासमेत भेटिएको समेत प्रहरीको भनाई छ।घटनबारे आवश्यक छानबवन भैरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

