खोज अनुसन्धान पत्रकारिता गर्न आग्रह

लाेकपाटी न्यूज

नवलपरासी, ११ जेठ । सामुदायिक रेडियो परासीको ११ औँ वार्षिक उत्सवको अवसरमा आयोजित सात दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमूख अतिथिको रुपमा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का उपाध्यक्ष एवं राष्ट्रिय समाचार समिति राससका प्रदेश प्रमूख भरत केसीले अबको पत्रकारिता खोज अनुसन्धानमा केन्द्रीत हुनुपर्नेमा जोड दिए। उनले पत्रकारिता सूचना केन्द्रीत भएको भन्दै अब नयाँ ढंगले खोज अनुसन्धानको पत्रकारितालाई अघि बढाउनुपर्ने बताएका हुन्। उनले समृद्धिमा टेवा पुग्ने विषयवस्तुमा कलम चलाउन पनि जोड दिएका छन्।

सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यले तालिम लिएका प्रशिक्षार्थीहरुलाई रेडियोमा अवसर रहेकोले उपयोग गर्न आग्रह गरे। रेडियोका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रेडियोका उपाध्यक्ष राजकुमार रेश्मी, रेडियोका कोषाध्यक्ष एवं उद्योग वाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरी, रेडियोका सहसचिव एवं ईट्टा उद्योग महासंघ प्रदेश वरिष्ठ उपाध्यक्ष धनपद यादव, रेडियोका स्टेशन मेनेजर विकास अधिकारी, प्रशिक्षार्थीहरु चन्द्रकला खनाल, सन्दीप बर्मा, पुष्पा कुर्मी, विकास घिमिरे लगायतले बोलेका थिए।

जिल्लाका ४० जना यूवायूवतीहरुको सहभागिता रहेको उक्त तालिममा रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम, स्टेशन मेनेजर विकास अधिकारी, समचार प्रमुख मोहन पौडेल, कार्यक्रम प्रमुुख मालती न्यौपाने, विज्ञापन प्रमूख धनेश्वर श्रेष्ठ, प्राविधिक प्रमूख बसन्त पौडेल लगायलते प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्