गौतम गम्भिरले चुनाव जितेपछि क्रिकेटरहरुले दिए बधाई

gautam-gambhir
लाेकपाटी न्यूज

काठमाडौं, १० जेठ। चर्चित भारतीय क्रिकेटर गौतम गम्भिर पहिलो पटक राजनीतिमा प्रवेश गरे। मोदीबाट आफु प्रभावित भएको भन्दै उनले भाजपामा प्रवेश गरी यस पटक चुनाव पनि लडे।

उनले पूर्वी दिल्लीबाट चुनाव लडेका थिए। पछिल्लो समय भाजपाको बढ्दो राजनितिक प्रभाव र आफनो लोकप्रियताको कारण गौतम गम्भिरले पहिलो पटक नै चुनावमा जिते हासिल गरेका छन्।चुनावमा उनले कांग्रेसका मन्त्री बनिसकेका अरविन्दर सिंह लब्लीलाई भारी मतले पराजित गरेका हुन्।

गौतम गम्भिरले गरे विराटको आलोचना भन्छन् “सिकारु कप्तान” गौतमको जितमा मोदीको भुत हो वा गौतमको लोकप्रियता भन्दै चर्चा पनि भईरहेको छ। चुनावको समय पनि पूर्वी दिल्लीबाट चुनाव लड्ने उनी सबैभन्दा धनी उम्मेद्वारसमेत बनेका थिए। त्यसोत त गौतम गम्भिर बिरुद्ध सम्पत्तिकै मामिलामा जालसाझीको मुद्धा पनि रहेको छ।

त्यसबाहेक अर्को मुद्धा पनि चलिरहेको छ। जितपछि उनले पूर्वी दिल्लीका मतदाताहरुलाई धन्यवाद दिएका छन्।उनले ट्वीटरमार्फत आफनो खुसी व्यक्त गरेका छन्। यता उनले चुनाव जितेसँगै भारतीय क्रिकेटरहरुले उनलाई बधाई दिईरहेका छन्।