ठूलो परिमाणको नक्कली नोटसहित पाकिस्तानी नागरिक पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

काठमाडौं, १० जेठ। नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

उनको साथमा रहेको सुटकेसमा २ हजार दरको नोटको बण्डलहरु रहेको बताइएको छ। एउटा सुटकेसमा रहेको नोट गनेर अर्को सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ।

पाकिस्तानी नागरिक नसिरुद्धिनको नेपालमा नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर छुटेका युनिस अन्सारीसँग सम्बन्ध रहेको दाबी प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्