काठमाडौं, १० जेठ। भारतीय लोकसभा चुनावमा काँग्रेस २३ राज्यमा पत्तासाफ भएको छ। उत्तर प्रदेशको ८० सिटमा बीजेपीले ६२ सिट जित्दा कांग्रेसले १ सिटमात्र जित्यो भने महाराष्ट्रमा बीजेपीले २३ सिट जित्दा काँग्रेसले १ सिटमात्र जित्यो।
बिहारको ४० सिटमा बीजेपीले १७ सिट जित्दा काँग्रेसले १ सिट जित्यो। यस्तै अरुणाञ्चलको २ सिटमा बीजेपीले दुवै सिट जित्दा कांग्रेस ० मा रह्यो भने असममा १४ सिटमा बीजेपीले ९ सिट जित्दा काँग्रेस ३ सिटमा समेटियो आन्ध्रप्रदेशमा २५ सिटमा कांग्रेस ० मा समेटियो। उत्तराखण्डका ५ सिटमा बीजेपीले सबै सिट जित्दा काँग्रेस ० मा समेटियो।
ओडिसामा २१ सिटमा बीजेपीले ९ सिट जित्दा काँग्रेस १ मा समेटियो। कर्नाटकको २८ सिटमा काँग्रेस १ सिटमा समेटियो। गुजरातको २६ सिटमा बीजेपीले सबै सिट जित्दा काँग्रेस ० मा समेटियो। चन्डिगढको १ सिटमा बिजेपी आउँदा काँग्रेस ० मा समेटियो।
छत्तीसगढको ११ सिटमा बीजेपी ९ सिटमा जित्दा काँग्रेस २ मा समेटियो भने जम्मूू–कश्मीरको ६ सिटमा बीजेपी ३ सिटमा आउँदा काँग्रेस ० मा समेटियो। यस्तै झारखण्डको १४ सिटमा बीजेपी ११ सिटमा आउँदा काँग्रेस १ मा समेटियो। तेलंगानाको १७ सिटमा काँग्रेस ३ मा समेटियो। त्रिपुराको दुई सिटमा बीजेपी आउँदा काँग्रेस ० मा समेटियो।
दमन र दीवको १ सिटमा बीजेपी आउँदा काँग्रेस ० मा समेटियो भने दादरा तथा नगर हवेलीको १ सिटमा काँग्रेस ० मा रह्यो। दिल्लीका सबै ७ सिट बीजेपीले जित्दा काँग्रेस ० मा रह्यो। नागाल्याण्डको १ सिटमा काँग्रेस ० मा रह्यो। मणिपुरको २ सिटमा काँग्रेस ० मा रह्यो। मध्यप्रदेशको २९ मध्ये २८ मा बीजेपी आउँदा काँग्रेस १ सिटमा रह्यो।
मिजोरममा १ सिटमध्ये काँग्रेस ० मा रह्यो। राजस्थानको २५ मध्ये बीजेपी २४ सिटमा आउँदा काँग्रेस ० मा रह्यो। लक्षद्धीप, सिक्किम, हरियाणा, हिमाचल प्रदेशमा कांग्रेस ० मा रह्यो।



लाेकपाटी न्यूज

