मोदीले तोडे ममता वनर्जीको किल्ला

Narendra-Modi
लाेकपाटी न्यूज

काठमाडाैं, ९ जेठ । उत्तर प्रदेशमा मायावती र अखलेश यादवले गठबन्धन बनाएपछि त्यसबाट भारतीय जनता पार्टी (भाजपा) निकै अत्तालिएकाे थियाे।

त्यसपछि उनले उत्तरप्रदेशको हिसाब किताब पश्चिम बगांलबाट लिने तय गर्यो । पश्चिम बंगालमा भाजपाले आफ्नो सम्पूर्ण शक्ति लगाएका थिए ।

ममता वनर्जीको किल्ला मानिएको पश्चिम बगांलमा छिर्नका लागि भाजपाले निकै प्रयास गरेको थियो भाजपाले ममता वनर्जीको धेरै किल्लालाई ध्वस्त बनाएको छ । सन् २०१४ भन्दा दुई गुणा भन्दा बढी मत ल्याउने देखिएको छ ।

पश्चिम बंगालको ४२ सीटमा भाजपा २० सीटमा अगाडि रहेको छ । ममता वनर्जीको त्रिमुल पार्टी २१ सीटमा अगाडि छ भने काँग्रेस एक सीटमा मात्र चित्त बुझाई रहेको छ ।- एजेन्सी