यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय (पूर्णपाठ)

Prime-Ministers-and-Council-of-Ministers
लाेकपाटी न्यूज

काठमाडौं, ९ जेठ। गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ निर्णय गरेको छ। बैठकको निर्णय सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरे।

बैठकले सरकारी जग्गा घोटाला प्रकरणमा छानिबन गर्न चार सदस्सीय छानबिन समिति गठन गरेको छ। बैठकले सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न झापाका मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको हो।

आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउजा रहेका छन् । सरकारको नीति तथा कार्यक्रममा एक वर्षभित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको बास्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्