राहुल गान्धी र सोनिया गान्धी नै हार्ने संकेत

Rahul soniya
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ९ जेठ। भारतीय लोकसभा निर्वाचनको शुरुवाती रुझान अनुसार कांग्रेस आईलाई नराम्रो झट्का लागेको छ। उसका दुई शिर्ष नेता नै आआफ्नो क्षेत्रमा पछाडी परेका छन्।

सोनिया गान्धी रयवरेलीमा शुरुवाति मतगणनामा पछाडी परेको भारतिय संचारमाध्यमले जानकारी दिए। यस्तै, अध्यक्ष राहुल गान्धि पनि अमेठीमा ६ हजार भोटले पछाडी परेका छन्। उनि विजेपीका उम्मेदवार स्मृति इरानीसग पछाडी परेका हुन्। तर, यो शुरुवाति रुझान भएकाले यसै भन्न सक्ने अवस्था नरहेको भारतिय संचारमाध्यमले बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन्।

बाराणसी निर्वाचन क्षेत्रबाट चुनावमा होमिएका मोदीले प्रारम्भिक मत गणनामा कांग्रेस उम्मेदवारलाई दोब्बर बढी मतले पछि पारेका हुन्। दैनिक भास्करका अनुसार मोदीलाई हालसम्म ११ हजारको अग्रता मिलेको छ।