काठमाडौं, ९ जेठ। केही समय यता तापक्रम बढेसँगै मौसममा उताडचढाव भईरहेको छ। पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागहरुमा हावाहुरी, असिनासहित वर्षा भईरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको बताएको छ। विभागले बिहीबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
यसैगरी रातको समयमा पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षा हुने विभागले जनाएको छ।



लाेकपाटी न्यूज
