काठमाडौं, ८ जेठ। वीर अस्पतालबाट फरार भएका पदम श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई बालाजुबाट पक्राउ गरेको हो।
एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले स्वास्थ्य जाँचकाक्रममा वीर अस्पताल लैजाँदा अस्पतालबाटै मंगलबार राति फरार भएका थिए।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायव उपरीक्षक फणीन्द्र प्रसाइँले मंगलबार राति फरार श्रेष्ठलाई बुधबार दिउँसो वृत्त महाराजगन्जबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले बालाजुबाट पक्राउ गरेको जानकारी दिए।
पक्राउ श्रेष्ठलाई म्याद थप गर्नुअघि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको बेला उनी फरार भएका थिए।



लाेकपाटी न्यूज

