काठमाडौं, ८ जेठ। विप्लव नेतृत्वको नेकपाले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विद्येयकलाई लिएर पार्टीको धारणा प्रस्तुत गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले नेपालका सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहँदै आएको बताएको छ।
जनताको रगत र पसिना र रगतद्वारा प्राप्त सीमित अधिकारहरु पनि अहिलेको केपी सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालोबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्ध पत्रिकाहरुले लेखेकाले सञ्चार माध्यमहरुलाई नियन्त्रण गर्न खोजेको उल्लेख गरिएको छ।




लाेकपाटी न्यूज

