काठमाडौं, ७ जेठ । सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यस“ग जोडेर भूमिसम्बन्धि कानून निर्माण हुनुपर्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा भूमिसम्बन्धि आठौ“ संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद चौधरीले भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्नेमा जोड दिए। इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवश्यक पर्ने भूमि सहज रुपमा उपलब्ध हुने गरी कानून निर्माण गर्नु आवश्यक रहेको उनले बताए।
‘उत्पादनशिल उद्योगहरूमा लगानी अभिवृद्धि गरी उत्पादन वृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । त्यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नेहरुलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्नुपर्छ’ सांसद चौधरीले भने। कुल ग्राहस्थ उत्पादन जिडिपी)मा उत्पादनशील क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै उद्योगपति समेत रहेका सांसद चौधरीले भने, यस्ता समग्र पक्षलाई ध्यानमा राखेर मात्रै हामीले भूमिसम्बन्धि कानून बनाउनुपर्छ । अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोबल अरू खस्किन सक्छ ।
औद्योगिक र शैक्षिक संस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बा“की रहेको जग्गा फिर्ता गर्ने सोच राख्नु सही नभएको विश्लेषण गर्दै उनले औद्योगिक क्षेत्रले दिर्घकालिन सोंचका साथ मास्टर प्लान तयार गर्ने र तत्काल केही जग्गा उपयोग नभएको जस्तो देखिए पनि भविष्यको औद्योगिक विस्तारका लागि त्यो जग्गा अपरिहार्य रहने भएकाले यसतर्फको दृष्टिकोणमा नै परिवर्तनको खा“चो रहेको उनले आंैल्याए।
उनले भने, ‘यदि औद्योगिक प्रयोजनले लिएको जग्गा उपयोग हुन सकिरहेको छैन भने राज्यले किन यस्तो भयो भनेर लगानीकर्ताको कुरा सुन्नुपर्छ र उसलाई सहजीकरण गरिदिन सक्नुपर्छ। हामीले के बुझ्नुपर्छ भने लगानीकर्ताले उद्योगका लागि लिएको जग्गामा कदापी घर बनाएर बस्दैन । उत्पादन बढाउनकै लागि उसले त्यो जमिनको प्रयोग गर्छ ।’
सांसद चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदारहण प्रस्तुत गर्दै जमिनको खण्डिकरणबाट देशलाई औद्योगिकरण र व्यवसायिक कृषिको जग बसाल्न सम्भव नभएको बताए। मुलुक आर्थिक समृद्धिको योजनामा अगाडि बढिरहदा उत्पादन वृद्धिको आधारभूत पक्ष भूमिको उपयोग सम्बन्धि अवधारणालाई देशको बृहत्तर आर्थिक विकासस“ग जोडेर अगाडि बढ्न आवश्यक रहेको र यसका लागि यो सही समय भएको सांसद चौधरीले बताए।



लाेकपाटी न्यूज

