बुटवल, ७ जेठ । मेडिकल सञ्चालकको लापर्वाहीका कारण एक बालकको ज्यान गएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातमारा घर भई दाङको गढवा गाउँपालिका–१ जेठानगाउँ स्थित माइती घरमा बस्दै आइरहेका हरिबहादुर कुमाल र श्रीमती सरिता कुमालका १८ महिनाका छोरा सुशान्त कुमालको मेडिकलको चरम लापर्वाहीले ज्यान गएको हो।
हिजो सामन्य बिरामी परेपछि राप्ती गाउँपालिका–५ सिसनियास्थित युनिक मेडिकलमा लगिएका बालकलाई अभाबलतब िण्द्दछ नm र मभहयलबण्द्दmह मिसाई सिरिन्ज चढाइएका बालक त्यही बेहोस भएका थिए ।
उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएपछि डाक्टरले मृतक घोषणा गरेका थिए । आज बिहान उनको शव लमही अस्पतालको शव गृहमा राखिएको र उक्त मेडिकल सञ्चालक चेतनारायण चौधरीलाई नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।



लाेकपाटी न्यूज

