२०३८ पछि बढी आर्थिक बृद्धिदर यसै वर्ष भयो : प्रधानमन्त्री

kp sharma oli
लाेकपाटी न्यूज

धादिङ, ७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले देश विकासको गति बढाउने बताएका छन्।

धादिङको गल्छीमा मंगलबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यही जेठ १५ मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटले देश विकासको गतिलाई तीव्रता दिने बताए।

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरदेखि अन्तिम विन्दु बैतडीसम्म सूचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोग पुग्ने बताए। प्रधानमन्त्री ओलीले सरकारले विकासका साथै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सामान्य सुधार मात्र नभइ आमूल परिवर्तन गर्न चाहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबै भन्दा बढी आर्थिक बृद्धिदर यसै वर्ष भएको जानकारी दिए। प्रधानमन्त्री ओलीले सरकारले केही वर्षभित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्