काठमाडौं, ६ जेठ। ‘५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारीदिन्छु’ भन्ने युवक पक्राउ परेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिन्छु भनेर फेसबुकमा कमेण्ट गरेका थिए।
उक्त कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका २ घर भई हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा प्रकाशित समाचारमा उनले यस्तो कमेण्ट गरेका हुन्। ५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु भनेर प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक आइडीबाट ५० लाख दिनुस् ओलीलाई मार्दिन्छु भनेका थिए।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले नियन्त्रणमा लिएको छ। उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।



लाेकपाटी न्यूज

