अधिकारसँगै भ्रष्टाचार पनि गाउँगाउँमा पुग्यो : नारायणमान बिजुक्छे

Narayanman Bijukchhe
लाेकपाटी न्यूज

भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकार मात्र नभएर भ्रष्टाचार पनि गाउँगाउँमा पुगेको बताएका छन् ।

भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भने, ‘बालुवाटार र शीतल निवासमा निरन्तर भइरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ ।’ बालुवाटार, सिंहदरबार र शीतल निवास ठगहरुको घेराबन्दीमा परेकाले जनताले दुःख पाएको बिजुक्छेको भनाइ छ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट भएको उनले टिप्पणी गरे। सरकारले गरिब जनताका लागि भन्दा पनि धनीहरुको फाइदाका लागि काम गरेको उनको बताए। उनले संघीयता कार्यावन्यनका लागि प्रदेश र स्थानीय सरकारसँग संघ सरकारले समन्वय गर्नुपर्ने बताए।