आमाले जिउँदै पुरिन् शिशु, कुकुरले माटो हटाएर यसरी बचायो ज्यान

Baby2
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ। एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ। थाइल्याण्डमा ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो।

यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ। डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो।

कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे। उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्‍याए।बच्चालाई खासै ठूलो चोट लागेको छैन। यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए।

उस्सालाई कुकुरबारे प्रश्न सोध्दा उनले पिंगपंग जन्मिएदेखि नै आफूसँगै भएको जानकारी दिए। आफ्नो कुकुर निकै वफादारसमेत भएको बताए। उनले भने, ‘उसको तीनवटा खुट्टाले मात्र काम गर्छ किनभने कार दुर्घटनामा उसको पछाडिको खुट्टा भाँच्चिएको थियो।यस्तो अवस्थामा हुँदा पनि पिंगपंगले मलाई निकै मद्दत गरेको छ।ऊ मसँगै भएपछि मैले गाइहरुलाई राम्रोसँग पाल्न सकिरहेको छु। अब अहिले उसले बच्चाको ज्यान बचाएको छ, उसको काम देखेर सबै चकित छन्। ऊ अब सबैको हिरो बनेको छ।’

उजुरीपछि पुलिसले सुरुवाती सोधपुछमा स्थानीयसँगको सोधपुछमा खासै जानकारी पाउन सकेनन्।त्यसपछि एक पसलेले एक किशोरीले अत्यधिक स्यानिटरी टावेल खरिद गरेको जानकारी दिए। उक्त जानकारीपश्चात बिहीबार किशोरीलाई पक्राउ गरियो। किशोरीले छोरा जन्माएको केही बेरपछि नै गाडेको जानकारी दिइन्। किशोरीले पुसिललाई दिएको जानकारी अनुसार आमा–बुवासँग डर लागेका कारण बच्चालाई गाडेकी थिइन्।

किशोरीका आमा–बुवालाई बच्चाको हेरविचारका लागि प्रस्ताव गरियो।यद्यपी, पुलिस अधिकारी र बच्चाको परिवारबीच सहमती बन्न सकेन्। अधिकारीले पुलिस र सरकारी कल्याण विभागका कर्मचारीलाई सुरक्षाको जिम्मेवारी दिएका छन्। गभर्नरका अनुसार पुलिस किशोरीमाथि मुद्दा चलाउने तयारी गरिरहेको छ तर बच्चाको हेरविचार बारे पनि सोच्नुपर्छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्