सामाजिक रुपान्तरणले मात्र विकास सम्भव छ : मुख्यमन्त्री पौडेल

Dormani_Paudel
फाइल फोटो
लाेकपाटी न्यूज

धादिङ, ६ जेठ। प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास सम्भव हुने बताएका छन्।

भौतिक पूर्वाधारमात्र विकास नभएकोले सामाजिक, आर्थिक र सामाजिक रुपान्तरणले मात्र विकास हुने बताएका हुन्।
गजुरी गाउँपालिका भवनको सोमबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना सङ्घीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गरे।

समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई उनले आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्