काठमाडौं, ६ जेठ। नेपाल राष्ट्र बैंकले एटीएममा अनिर्वाय रुपमा नेपाली भाषाको प्रयोग गर्न निर्देशन दिएको छ। आइतबार राष्ट्र बैंकद्वारा जारी सूचनामा सबै बैंक तथा वित्तीय संस्थालाई एटीएममा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न निर्देशन दिएको हो ।
बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटीएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो। हाल बैंक तथा वित्तीय संस्थाबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा छैन्।
सुविधा नरहेको गुनासो आएपछि सूचना प्रकासित भएको मितीले ३० दिनभित्र एटीएममा अनिवार्यरुपमा नेपाली भाषा प्रयोग गर्न निर्देशन दिएको हो।



लाेकपाटी न्यूज

