घुस लिँदालिँदै सशस्त्र प्रहरी जवान पक्राउ

arrest
लाेकपाटी न्यूज

बुटवल, ६ जेठ। बुटवलमा एक सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल ४१ नम्बर गुल्म (औद्योगिक सुरक्षा) बुटवलमा कार्यरत सशस्त्र प्रहरीका जवान १० हजार घुससहित पक्राउ परेका हुन्।

सामान्य व्यापार गरेर जीविका चलाउने व्यक्तिसँग मासिक रुपमा नगद नबुझाए व्यवसाय बन्द गरिदिने धम्की दिएर घुस रकम उठाउने क्रममा सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो।

केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगरस्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्