लिवियाबाट १५ नेपालीको उद्धार (नामावलीसहित)

libiya
लाेकपाटी न्यूज

काठमाडौं, ६ जेठ। रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ।

डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ।

उद्धार हुनेहरूमा पूर्णबहादुर गुरुङ, गणेश थापा मगर, अमृत गुरुङ, भुवन आचार्य, सनम विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, कृष्ण कोइराला, राजु विश्वकर्मा, गुप्तबहादुर बिक, राजु विष्ट, शेखर खरेल, जयराम धामी, प्रकाश विश्वकर्मा, अजयकुमार चौधरी र मनोहर कार्की छन्।

दूतावासका अनुसार, सबै कामदारलाई शरण दिइरहेको आइओएमले नै नेपाल फर्कने हवाई टिकटको प्रबन्धसमेत गर्ने भएको छ। दुई हप्ता पहिला पनि दूतावासले सात जनालाई उद्धार गरेर नेपाल पठाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्