बिर्ता जग्गाको समस्या समाधान गर्छाैं : मन्त्री अर्याल

Padma Aryal-12
लाेकपाटी न्यूज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिर्ता जग्गाको समस्या समाधान गर्न सरकारले ऐन कानून सुधार गर्न लागेको बताइकी छन्।

जिल्ला समन्वय समिति, कालिका गाउँपालिका र भूमि अधिकारमञ्च रसुवाको आयोजनामा आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री अर्यालले भूमि सुधार ऐन २०७६ ले समस्याको समाधान हुने बताइन्। उनले समग्र किसानको भूमि सम्बन्धि समस्या हल गर्न आठौँ संशोधन विधेयक पेश गरेकाले कानून बनाउन समय लाग्ने हुँदा केही समय धैर्य गर्न आग्रह गरिन्।

भूमि सम्बन्धि सबै कागजात ७७ जिल्लामा डिजिटल प्रणालीमार्फत सुरक्षित गर्न लागिएको समेत मन्त्री अर्यालले बताइन्।

कार्यक्रममा सांसद शान्ता चौधरी, संविधानसभा सदस्य जनार्दन ढकाल, जिल्ला समन्वय समितिका संयोजक कुलप्रसाद भट्ट, कालिका गाउँपालिकाका अध्यक्ष सीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्