काठमाडौं, ५ जेठ । अब मोटरसाइकलकाे पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने भएकाे छ । पछिल्लाे समय माेटरसाइकल दुर्घटना बढेकाे भन्दै पछाडि बस्ने व्यक्तिले समेत हेल्मेटकाे प्रयाेग गर्नुपर्ने नियम ल्याउन लागिएकाे हाे ।
आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख (एसएसपी) वसन्त पन्तले सो जानकारी दिएका हुन् दुई पाङग्रे सवारी साधन बढी दुर्घटना हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त स्टिकर हेल्मेट ल्याइने एसएसपी पन्तले पत्रकार सम्मेलनमा जानकारी दिए । त्यस्तै उपत्यकाको १० ठाउँमा नमूना सडक बनाइने तयारी भइरहेको पनि उनले बताए ।
एसएसपी पन्तले सवारी चालकहरुलाई मध्यनजर गर्दै अनलाइन पेमेन्ट पनि ल्याइने तयारी भइरहेको र केही महिनामै यसले पूर्णता पाउने समेत जानकारी दिए । उनले भने, ‘चालकहरुलाई सहज गर्ने उद्देश्यले अनलाइन पेमेन्टको योजना अघि ल्याइएको हो ।’



लाेकपाटी न्यूज
