काठमाडौं, ५ जेठ। करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन्। राजधानीको गौशालाबाट हुण्डी कारोबारी पक्राउ परेका हुन्।
गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई र सुनसरीका जगत खड्का पक्राउ परेको महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लले जानकारी दिए।
अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा डीएसपी मल्लकै नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

