काठमाडौं, ५ जेठ। भर्खरमात्र गठन भएको समाजवादी पार्टी नेपालले पार्टीको नाम समाजवादी पार्टी निर्वाचन आयोगमा पहिले नै दर्ता भईसकेको कारण पार्टीले आफनो नाम पनि फेर्ने तयारी गरिरहेको छ।
के नाम राख्ने भन्ने बारेमा पार्टी भित्र छलफल चलिरहेको पार्टीका उपाध्यक्ष पर्शुराम खापुङले बताए।यस्तै समाजवादी पार्टी नेपालले आफनो पार्टी कार्यालय चुनेको छ।पार्टीले तत्कालीन संघीय समाजवादी फोरमको साबिक कार्यालयलाई नै केन्द्रीय मुकाम बनाउँने भएको छ।
पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भएको सहमतिपछि फोरमको बालकुमारीस्थित साबिक कार्यालयलाई नै व्यवस्थित गरिने भएको हो।
तत्कालीन नयाँ शक्ति पार्टीको बबरमहलमा रहेको केन्द्रीय कार्यालयमा पार्किङको समस्या भएपछि तत्कालीन फोरमको कार्यालयलाई नै चुनिएको हो। नयाँ पार्टीको केन्द्रीय कार्यालयको मर्मत सम्भारसँगै रंगरोगनको काम चलिरहेको छ।



लाेकपाटी न्यूज

